एनएमबिकाे छलाङ, ४८ देशलाई पछि पार्दै जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

काठमाडाै । एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो। एसियाका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक ‘बैंक अफ दि एयर २०२१ एसिया’ को अवार्ड जितेको छ। याे भन्दा पहिले न्युजिल्याण्ड, चाइना, सिंगापुर तथा कोरियाका बैंकले यो अवार्ड जितेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले साे अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्। बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका ‘दि बैंकर’ ले बैंकलाई उक्त उपाधि दिएको हो। दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको  हाे ।

त्यस्तै एनएमबि बैंकले ‘बैंक अफ दि एयर २०२१ नेपाल’ को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले ‘बैंक अफ दि एयर नेपाल’ को अवार्ड चौथो पटक जितेको हो । ‘बैंक अफ द इयर २०२१ एसिया’ उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई अनुसन्धान गर्ने गरिन्छ ।

निष्ठामा आधारित दिगो मूल्य एवम् दीर्घकालीन सोचका साथ आफ्ना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्त रुपमा उभ्याएको छ । एनएमबि सबैभन्दा मनपर्दो नेपाली बैंकका रुपमा स्थापित भएको तथ्य अन्तर्राष्ट्रिय रुपमा नै स्थापित भइसकेकाे  छ । विषम अवस्थामा समेत वैदेशिक लगानी ल्याएर आफूलाई सबल संस्थाको रुपमा स्थापित गरेको समेत गरिसकेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस