गरिमा विकास बैंककाे ऋणपत्र निष्काशन, ८ दशमलव ७५ प्रतिशत ब्याज

काठमाडाैं । गरिमा विकास बैंककाे १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले मंसिर १६ गतेदेखि ७ वर्षे ‘गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो जसमा वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याज पाइने छ । निष्काशित ऋणपत्रमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने बैंकले जानकारी दिएकाे छ ।

गरिमा डिबेन्चर २०८५ को आवेदन खुल्ला चाँडाेमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेका खण्डमा निष्काशन अवधि पुष १ गतेसम्म हुनेछ । बैंकको अनुसार लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । साे ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य