पेरुमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पेरुमा शक्तिशाली भूकम्प गरेको छ। उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन्। त्यस्तै, भूकम्पमा कम्तिम १० जना मानिस घाइते भएका छन् । भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन्।

भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू सर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन्। भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ।

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । सो क्षेत्रमा अमेजोनियाली आदिवाशी बसोबास गर्छन्। भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए। भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस