कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा पुन: निर्वाचित

नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन्। कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बाेहरा दाेस्राे पटक जिल्ला सभापति बनेका हुन्। कुल ९ सय ५६ मत खसेकाेमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मतमा चित्त बुझाए । २७ मत बदर भएकाे छ।

उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु ‘कस्यप’, सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन्। सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी भएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after