कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा पुन: निर्वाचित

नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन्। कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बाेहरा दाेस्राे पटक जिल्ला सभापति बनेका हुन्। कुल ९ सय ५६ मत खसेकाेमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मतमा चित्त बुझाए । २७ मत बदर भएकाे छ।

उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु ‘कस्यप’, सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन्। सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य