कांग्रेस महाधिवेशनः कास्की सभापतिमा कसैकाे पनि बहुमत पुगेन, पाँच मध्ये तीन जना ‘बाहिरिए’

नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएकाे छ। सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने भएको हाे।

सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्राेमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्राेमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए। ४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल ‘विमल’ ले जानकारी दिए ।

विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुन्छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झलनाथ कमाण्डर बनेको चुनावमा नेकपा एसलाई ४०८ मत !

काठमाडौं । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस …

प्रतिकृया दिनुहॊस