चोरीको पल्सर मोटरसाइकलसहित एक युवा राजधानीबाट पक्राउ

ललितपुरकाे गोदावरीबाट चोरीको मोटरसाइकलसहित एक जना युवकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोदावरी नगरपालिका- १२ ठेचोबाट कालो रातो रंगकाे २२० सी.सी.को पल्सर मोटरसाइकल वास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३ ०२-०१४ प १२८३ नम्वर हालेर चलाइरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठेचो, ललितपुर बस्ने वर्ष ३१ को विकेश महर्जनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश-०२-०१६ प १९३७ रहेको खुल्न आएको पनि उनले बताए।

पक्राउ भएको मोटरसाइकल २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ माकलबारी बस्ने मनिष सेन्चुरीले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाकाे अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री