प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।
बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन्। अन्य प्रतिनिधि भने चुनावबाट चयन भएका थिए।
पारिवारिक पृष्ठभूमि कांग्रेस भएकोले यसैमार्फत सशक्त ढंगले राजनीतिमा लाग्ने भट्टचनले बताए । ‘२०४८ सालदेखि नै म कांग्रेसको सदस्य हुँ, मेरो उपस्थिति कांग्रेसलाई थप बलियो बनाउन महत्वपूर्ण हुने विश्वास छ’ उनले भने।
तपाईंको प्रतिकृया




