कञ्चनपुर ३ : लेखकको प्यानलसँग साउदको प्यानल पराजित

काठमाडाैँ । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा केन्द्रीय सदस्य रमेश लेखकको प्यानल विजयी भएको छ । मत परिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा लेखकको प्यानलसँग अर्का नेता एनपी साउदको प्यानल पराजित भएको हो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा लेखक प्यानलका केशवबहादुर चन्द वियजी भएका छन् । उनले ३३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी एनपी प्यानलका गणेश नेगीले १९३ मत मात्रै ल्याए ।

सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट ३०१, उमेश प्रशाद जोशी ३०७, सहसचिव अर्जुनदत्त भट्ट ३४६, खडकबहादुर बस्नेत ३१९ मत ल्याएर निर्वाचित भएका छन् । एनपी प्यानलका सचिव शुशिला चन्दले २२६, बलाराम पन्तले १९०, सहसचिव विकास श्रेष्ठले १४५, धिरेन्द्रप्रसाद गुरुङ्गले १५९ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री