तरुण दलका अध्यक्ष बस्नेत चुनिए महाधिवेशन प्रतिनिधि

काठमाडाैँ ।  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका बस्नेत ललितपुर क्षेत्र नम्बर-३ बाट खुलातर्फ विजयी भएका हुन् ।

खुल्लातर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधि खुलातर्फ २६८ मत ल्याएर बस्नेत विजयी भएका हु्न् ।

ललितपुर-३ बाट खुलातर्फ अन्यमा उत्तम जोशी, जीतनारायण श्रेष्ठ, टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ, ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस