भिुषुवा। छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदा ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् ।
गाउँपालिकाले शनिवार वडा नम्बर २ टिहुकीस्थित विद्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताए ।
‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्की नाला, एम्बुलेन्स, डोजर अनि एक्जाभेटर, सबै बिद्यालयमा पर्खा, शौचालय र पंखा जस्ता कुरा यो बर्ष सुरुवात हो,’ गुप्ताले भने, ‘यो ट्रेलर मात्र हो, फिल्म अझै बाकी छ ।’ बर्षायाममा भारतीय भुमी भएर सदर मुकाम पुग्नु पर्ने, एउटा र्औषधी किन्न पनि सिमापारी जानु पर्ने बाध्यता भएको यो ठाउँ आउदो चार बर्षभित्र बिकासमा नमुना नै बन्ने दावी गरे ।
स्थानीय जनताले सडक बनेपछि ठाउँको मुहार फेरिएको प्रतिक्रिया दिए । स्थानीयले शिक्षा र स्वस्थ्यका सेवा प्रदान गर्ने विद्यालय र स्थानीय स्वास्थ्यसंस्थाको काम कारवाहीमा सुधार गर्नुपर्ने सुझाव दिए ।
वडा नम्बरबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य मुक्तिनारायण साहको अध्यक्षतामा र सहयोगि नेपाल संस्थाको संयोजनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले सार्वजनिक सुनुवाई सुशासनको औजार भएको भनी सराहना गर्दै २ बर्षअघि आफुले देखेको नवगाँवा क्षेत्र र अहिलेको अवस्था धेरै फेरिएको बताए ।
कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत शिवपुजन साह, सहजकर्ता तबरेज अहमद, वडा नम्बर १ का राजबली यादव, ३ नं. वडाका अध्यक्ष बिनोद साह कानू, ४ नं. वडाका बालकराउत गद्दी, ५ नं. वडाका अध्यक्ष मौजीलाल साह कानू, स्थानीय अगुवाहरु र २ सय बढी सर्वसधारको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहॊस