काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । काठमाडौँमा सम्पन्न बैंकको साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।
सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए ।मेगा बैंकले स्थापनाको आठौँ बर्षमा ९९ वटा शाखा विस्तार गरेको छ । बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम रहेका छन् ।
प्रतिकृया दिनुहॊस