विश्वकप छनोट : हङकङसँग खेल्दै नेपाल

काठमाडौँ । आइसिसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा युएईको आइसिसी एकेडेमी नम्बर २ मा सुरु हुनेछ ।

नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ ।

छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ । तेस्रो खेल कुवेतविरुद्ध बिहीबार खेल्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौँ खेल आगामी आइतबार युएईविरुद्ध खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य