भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ र बाँकेका हुन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २५ गते अस्पताल भर्ना भएकी दाङको गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै, मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले जानकारी दिए । स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म कोरोनाबाट ३४१ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस