भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ र बाँकेका हुन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २५ गते अस्पताल भर्ना भएकी दाङको गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै, मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले जानकारी दिए । स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म कोरोनाबाट ३४१ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य