कांग्रेसको १४औँ महाधिवेशन: रुपन्देहीमा मतगणनास्थलमै आक्रमण, पाँच जना घाइते

बुटवल।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ।

मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो।

घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ।

घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणना स्थगित भएको।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस