कमलाले अमेरिकाको कार्यवाहक राष्ट्रपति बनेर रचिन् इतिहास

काठमाडौं । कमला ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बन्ने पहिलो महिला भएकी छन् । अमेरिकी उपराष्ट्रपति ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाएकी हुन् ।

राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ । योसँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी हुन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो । अमेरिकाको उपराष्ट्रपतिमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी ह्यारिस एसियन–अमेरिकन मूलकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस