नबिल बैंकद्वारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ।

दार्मा गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष निमबहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य रहेको छ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद माननीय टेकबहादुर बस्नेतको उपस्थिती थियो । उक्त कार्यक्रममा बोल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने सेवा सुविधाको सहिरुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठुलो फड्को मार्ने बताए।

कार्यक्रममा बोल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले दार्मा गाउँपालिकामा स्वरोजगारी र उद्यमशीलता विकास गर्ने बताए। त्यस्तै दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर के.सी.ले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने अपेक्षा गर्दै वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस