नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पुसको तेस्रो साता हुने भएको छ।
मंगलबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा अनलाइन माध्यमबाट बसेको बोर्डको बैठकले साधारण सभा १४ र १५ पुसमा गर्ने निर्णय गरेको हो। यसपटक संघले आफ्नो साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ।
यस्तै संघले विभिन्न ५ शीर्षकका निर्णय गरेको छ। संघले जिल्ला अधिवेशन ७ माघमा गर्ने निर्णय गर्दा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छनोट गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
तपाईंको प्रतिकृया




