महालक्ष्मी विकास बैंक लिमिटेड र ओपियम रेष्टुरेन्ट एण्ड बारबीच छुट सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित ओपियम रेष्टुरेन्ट एण्ड बारबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पश्चात यस बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहक, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता एवंं कर्मचारीहरुले ओपियम रेष्टुरेन्ट एण्ड बारको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस