माछापुच्छ्रे बैंककाे एमबिएल कार्डलेस विथड्रल सेवा संचालनमा

माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा संचालनमा ल्याएको छ।

बैंकल‍े डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तहसम्म पुर्याउने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ।

यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सनमा गएर बैंकका एटिएमहरुबाट नगद झिक्न सक्नेछन्।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य राखी कारोबार गर्न बैंकले ग्राहकहरूलाई अनुरोध गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप