राष्ट्रिय वाणिज्य बैंक र आयल निगमबीच तलबी बचत खाता सञ्चालन सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। आइतबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र शाहले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई बैंकले निगमको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, ०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ। बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ।

हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ। सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस