एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन्।
बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो।
नेपाली सिनेमा तथा म्युजिक भिडियोमार्फत आफ्नो छवि बढाउँदै गएका अभिनेता शाहले एनएमबि बैंकसँग जाेडिन पाउँदा खुसी व्यक्त गरे।
साथै बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै खाता खोल्न सकिने सेवाको पनि शुभारम्भ गरेको छ।
ग्राहकहरूले कार्यालय समयमा एनएमबिमा भिडियो कल गरेर खाता खोल्न खोल्न र आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन्।
तपाईंको प्रतिकृया



