अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग चार दिन सारेको छ। बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई चार दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो।
एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई चार दिन पर सारेकाे जनाएको छ।
एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा चार दिन मात्र खेलाउनेसमेत जनाएको छ।
यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको छ। यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो।
१४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन्।
तपाईंको प्रतिकृया




