चोरीको मोटरसाइकलसहित राजधानीबाट एक जना पक्राउ

काठमाडाैंको तारकेश्वरबाट चोरीको मोटरसाइकलसहित एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीबाट कालो रङ्गको २०० सी.सी.को एन.एस पल्सर मोटरसाइकलको वास्तविक नम्वर परिवर्तन गरि बा. प्र. ०२-०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अवस्थामा किर्तिपुर नगरपालिका वडा नं. २ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्धबहादुर तामाङ्गलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्र.३-०२-०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए।

पक्राउ भएको मोटरसाइकल ०७७ साल फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाडाैं-३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री