कोरोना अपडेट: ३१७ जनामा संक्रमण पुष्टि, २७९ जना कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ जनको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४६६ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ६० र एन्टीजेनबाट ९४ हजार ९९५ पुगेको छ।

नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री