पहिलो पटक विश्वकप फाइनलमा क्रोएसिया

काठमाडौं ।   रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत दोस्रो सेमिफाइनलमा खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै  क्रोएसिया पहिलो पटक विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको खेलमा थप समयमा मारियो मान्डुकिजको निर्णायक गोलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको अन्तिम दुईमा स्थान बनाएको हो  ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ३० मिनेट थप समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे । जुन गोल जितका लागि निर्णायक बन्यो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री