कुमारी बैंक लिमिटेडको क्याम्पसलाई सहयोग

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कैलालीस्थित अत्तरिया शाखाबाट स्थानीय दुर्गा लक्ष्मी क्याम्पसको पुस्तकालयलाई फर्निचर वितरण गरेको छ ।

उक्त दुर्गा लक्ष्मी क्याम्पसले विगत कैयौँ वर्षदेखि त्यस अत्तरिया क्षेत्रमा स्नातकोत्तर सम्मको गुणस्तर शिक्षा प्रदान गर्दै आएको छ ।

बैंकले सो फर्निचर–वितरण कार्यक्रम बैंकका अत्तरिया र धनगढी शाखाका प्रबन्धकद्वय क्रमश ः कृष्ण बहादुर पल र खडक बहादुर रोकाया लगायत सोही क्याम्पसका प्रमुख डम्बर बहादुर पल, सहायक–प्रमुख लोक बहादुर महरा तथा कुमारी बैंक र दुर्गा लक्ष्मी क्याम्पसका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंक लिमिटेडले आगामी दिनमा पनि यस्ता सेवामुलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस