प्रधानन्यायाधीश राणाले तोके ९ नियमित इजलास

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजपनि नियमित इजलास तोकेका छन् । बिहिबार प्रधानन्यायाधीश राणाले ९ नियमित इजलासमा १७७ पेशी तोकेका हुन् ।

यसअघि मंगलबार पनि नियमित इजलास तोकेपनि न्यायाधीशहरुले इजलास बहिष्कार गरेका थिए । प्रधानन्यायाधीश राणाले विहिबार आफूसहित तीन न्यायाधीशको एकल इजलास तोकेका छन् भने अन्य ६ इजलासमा २-२ न्यायाधीशलाई तोकेका छन् ।

असन्तुष्ट न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्धा मात्र हेर्ने भनेपछि उनले पछिल्ला केहिदिन देखि बन्दीप्रत्यक्षीकरणका मात्र इजलास तोकिरहेको भएपनि मंगलबारदेखि नियमित इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र हेरिरहेका थिए ।

यसअघि मंगलबार केहि न्यायाधीशहरु इजलासमा उपस्थित भएर बन्दीप्रत्यक्षीकरणका मुद्धा हेरेका थिए भने केहि न्यायाधीश भने छलफलमा व्यस्त भएका थिए । असन्तुष्ट न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग बेन्च शेयर नगर्ने निष्कर्ष निकालिएको बताइएको छ । आजको इजलास हेर्दा पनि प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलास तोकेर अन्य न्यायाधीशहरुको संयुक्त इजलास तोकेका थिए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीशहरू उनको विरुद्धमा उत्रिएपछि अहिले केहि सातादेखि न्यायालय विवादमा रहेको छ । नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आफ्नो प्रदर्शन जारी राख्ने बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१४ डी …

प्रतिकृया दिनुहॊस