कैलालीमा युवकको हत्या आरोपमा पक्राउ परेका आठ जना सार्वजनिक

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या आरोपमा पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३, चिसापानीका २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँका २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल, टिकापुर नगरपालिका–१ का २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँका २६ वर्षीय सोहन शाह रहेका छन् ।

घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा खोजतलास कार्य जारी रहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस