मलद्वारमा लुकाएर सुन तस्करी, एक भारतीय नागरिक पक्राउ

मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहम्मद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको थियाे।

मलद्वारमा लुकाएकाे शंका लागेर चेकजाँच गर्दा सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए।

प्लास्टिकसहित ५४५ ग्राम सुन भन्सारमा बुझाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

समाचार लेखेको भरमा रवि लामिछानेले मसंग प्रतिशोध साँधे : कैलाश सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी गृहमन्त्री रवि …

प्रतिकृया दिनुहॊस