सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

काठमाडाैँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री एक साताको उपचारपछि अस्पताल बुधबार डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भएपछि उनी एक साताअघि वीर अस्पताल भर्ना भएकी थिइन् ।

सामाजिक सञ्जालमार्फत उनले उपचारपश्चात् बुधबार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी छिन् । अस्पतालमा रहँदा आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवं स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेकी छिन् ।

संक्रमणको उच्च जोखिम कायम रहेकोले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको उनले जानकारी गराएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस