मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ ।मोरङको लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।

बिहान साँढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप