आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता बने रेखा र गोकुल

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफरअन्तर्गत असोज महिनाको विजेता सार्वजनिक गरेको छ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका छन्।
काठमाण्डौको पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो।

चर्चित स्टोरी टेलर साइग्रेसले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए।

विजेताद्वयले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र यूएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट  अफर अवधिमा क्रमशः ३२ हजार ९८६ र ४१ हजार २२२ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए।

अफरअनुसार आइएमईले उनीहरु वा निजको सिफारिसमा उनीहरुका निकटका आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहारस्वरूप प्रदान गर्नेछ।

यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ। साप्ताहिक विजेताअन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट भएका छन्। उनीहरुाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ गतेदेखि कात्तिक २६ गतेसम्म कुल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै …

प्रतिकृया दिनुहॊस