कर्णाली सरकारले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख दिने

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बाढीपहिरोमा परी घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्नेसमेत निर्णय गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा घाइतेहरु जुनसुकै अस्पतालमा उपचार गराए पनि त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस