छाेरीले प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा बाबुले गरे ज्वाइँसहित ७ जनाको हत्या

पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाइँको हत्या गरेका छन्। मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाइँसहित सात जनाको हत्या गरेका हुन्।

दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन्। ‘प्रेम विवाहको रिसको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने।

सात जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा हुसेन र उनका भाइविरुद्ध प्रहरीमा उजुरी गरिएको छ। आगो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन्। कामबाट फर्किने क्रममा बिहानै घरमा आगो लागिरहेको उनले बताए।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री