कैलाली।
सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए।
‘प्रदेश सरकारबाट राहतको लागि २५ करोड छुट्याएका छौं। वर्षा रोकिएपछि अगाडि बढाउँछौं। क्षतिका बारेमा संघ सरकारसँग माग राखेका छौं,’ उनले भने।
बेमौसममा भएको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो क्षति भएको र उद्धार तथा राहतको काम अघि बढिरहेको मुख्यमन्त्री भट्टले बताए। आफूले उद्धार, राहत र क्षतिपूर्तिका लागि संघीय गृहमन्त्री बालकृष्ण खाणसँग कुराकानी गरिसकेको उनको भनाइ थियो।
तपाईंको प्रतिकृया




