फेरि पर्दामा आउँदै शाहरुख र काजोलको जोडी

काठमाडौं । लामो समयपछि फेरी बलिउड सुपरस्टार शाहरुख खान र काजोलको जोडी पर्दामा देखिने भएको छ । एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुखको जोडी करण जोहरको एक नयाँ फिल्ममा फेरि एकपटक देखिन भएको हो ।

यो जोडीले  ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता सुपरहिट फिल्ममा सँँगै काम गरेका छन् । पछिल्लो पटक यी दुई अभिनीत नयाँ फिल्म ‘दिलवाले’ रिलिज भएको थियो ।

करण अहिले आफ्नो नयाँ प्रोजेक्टका लागि स्क्रिप्टको काममा व्यस्त छन् र उनले शाहरुख र काजोलसँग सम्पर्क गरेका छन् ।

शाहरुख खान अचेल फिल्म ‘जिरो’ को छायांकन र काजोलले हालैमा हलिउडको एनिमेटेड फिल्म ‘इनक्रेडिबल्स-२’ का लागि आवाज दिएकी थिइन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after