झाँक्रीको भर पर्दा सुत्केरीले ज्यान गुमाईन्

नुवाकोट । नुवाकोटमा एक सुत्केरीको मृत्यु भएको छ । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो ।

हिजो दिउँसो सुत्केरी भएकी माइली तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए । धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको हो ।

उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको छिमेकी ज्ञानबहादुर तामाङले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री