सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,असोज २२ गते बुक क्लोज

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ । बैंकको असोज ८ गते बसेको  सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको  १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश  गरि १६ प्रतिशत लाभांश  वितरण गर्ने निर्णय प्रस्ताव गरेको थियो ।

बैंकले साधारण सभाको मिति भने तय गरेको छैन् । साधारण सभाको मिति तय नभएपनि बुक क्लोजको मिति भने बैंकले तय गरिसकेको छ । आगामी १५औं वार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको छ । असोज २० गतेसम्म कायम शेयरधनीहरुले मात्र  बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस