भौगर्भिक अध्ययनै नगरी मुग्लिन-नारायणगढ सडक स्तरोन्नति

काठमाडौं । स्तरोन्नतिका क्रममा विस्तृत भौगार्भिक अध्ययन नगराउँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविदहरुले बताएका छन् ।

तीन वर्षअघि सडक स्तरोन्नति शुरु भएसँगै पहिरोको जोखिम बढेको हो ।

‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएर मात्र स्तरोन्नति गर्नपथ्र्यो’, त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले भने, ‘इन्जिनियरहरुले मात्र डिजाइन गरे, बिना अध्ययन निर्माण थालिएकाले यो समस्या आएको हो ।’

उनले यो पहिरोले अझै ५–७ वर्ष पहिरोले दुःख दिन सक्ने खतरा रहेको बताए । यो खबर आजको कान्तिपुरमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री