कहाँ-कहाँ छ आज बर्षाको सम्भावना ?

काठमाडौं । आज मौसम देशभर आंशिक (धेरै खुला, थोरै बादल) देखि सामान्य (धेरै बादल, कम मात्र खुला) बदलीको अवस्था छ । अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो (भन्नाले बिहान १० / ११ बजेदेखि साँझ ६ बजेसम्म) देशभर मौसम सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र अरू प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश–२ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री