काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिक रजाकलाई भ्रष्टाचारप्रतिरोधी अधिकारीहरूले पक्राउ गरेका छन् ।
भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी) ले उनलाई राज्य विकास कोष १ एमडीबीबाट लगभग ७७ अर्ब रुपैयाँ हजम गरेको आरोपमा पक्राउ गरेका हुन् ।
उनी स्थानीय समय अनुसार आज विहान ३ बजे आफ्नै घरबाट पक्राउ परेका हुन् ।
उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।
गत मे महिनामा भएको आमनिर्वाचनमा हारेपछि उनीमाथि अनुसन्धान चल्दै आएको थियो ।
प्रतिकृया दिनुहॊस