तीन सयले घट्यो सुनको मूल्य, आज कतिमा काराेबार हुँदै?

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको घटेको छ। सुन आज तीन सयले घटेको हो।

आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले नै बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज ५ रुपैयाँले घट्दै एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री