एनआईसी एशिया बैंकमा वर्ल्डरेमिटबाट पैसा पठाउँदा ४ सय रुपैयाँ बाेनस पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बाेनस अफर ल्याएकाे छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंककाे खातामा रकम पठाउँदा ४ सय रुपैयाँ बाेनस पाउने छन् ।

असाेज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने याे अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।

कोभिड-१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री