काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ०५ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ७३ दशमलव ०५ अङ्कले घटेर २ हजार ६ सय ८५ दशमलव ४२ बिन्दुमा आइपुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ९४ अङ्कले घटेर ५०६ दशमलव ३३ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २२७ कम्पनीका १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस