काठमाडौं । विजया दशमीको अवसरमा वर्ल्डलिंकलेपुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज सार्वजनिक गरेको छ ।
कम्पनीको दसैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् ।
जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ ।
त्यस्तै ६ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ रहेको छ ।
यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटीभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ ।
८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दसैँ अफर लागु हुने कम्पनीले जनाएको छ ।
वर्ल्डलिंकका अनुसार २ ओटा नेटटीभी सहित ८० एमबीपीएसको ६ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र ३ ओटा नेटटीभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुने कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस