एमालेको नाराबाजी र अवरोधकै बीच संसदमा बजेटमाथि छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल शुरु भएको छ । आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकेर पारित गर्ने कार्यसूची छ । २३ भदौमा शुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले बजेट माथिको छलफलमा समेत नाराबाजी जारी राखेको हो ।

तर, सभामुखले एमालेको नाराबाजीकाबीच छलफल अगाडि बढाएका छन् । आज विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ । विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी कार्यसूची तय गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा दायर भएको मुद्दाको सुनुवाइका लागि …

प्रतिकृया दिनुहॊस