रहस्यमय बन्दै सङ्खुवासभा हत्याकाण्ड, थप चार जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं  ।सङ्खुवासभा मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न  थप चार जना माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ।  लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन्।

नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अध्ययन सुरु गरेको हो ।

घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो ।

अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोली घटना स्थलमै खटिएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस