कान र नाकको सुनको मुन्द्रा हत्याउन आफ्नै हजुरआमाको हत्या

काठमाडाैँ । बझाङका एक युवकले कान र नाकको सुनको मुन्द्रा हात पार्न आफ्नै हजुरआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङमा प्रहरीले आफ्नै हजुरआमाको हत्या आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हजुरआमाको हत्या आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका–५ का २३ बर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८-९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनले भने, ‘सुनको लोभले हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।’

घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरि बेलुकी ६÷७ बजेको समयमा घटनास्थल पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघिपट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको समेत डिएसपी खड्काले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस