काठमाडौं । सेयर बजार आज उतार चढावकाबीच अन्तमा ४ दशमलव ८२ अंकले घटेर बन्द भएको छ । आज नेप्से बजारमा साढे १ बजेपछि उक्कासि बढेर अन्तिममा घटेर बन्द भएको छ ।
आज सेयर बजारमा २० करोड ४५ लाख ७२ हजार ६ सय ६२ रुपैयाँको कारोबार भएको छ । हिजो सेयर बजारमा १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर किनबेच भएको छ । ग्लोबल आइएमईको आज १ करोड ७५ लाख २८ हजार ७ सय ८९ रुपैयाँको कारोबार भएको छ । यस बैंकको सेयर मूल्य २ सय ८४ रुपैयाँमा आएर बन्द भयो ।
प्रतिकृया दिनुहॊस