पत्रकार दीक्षितको अर्गानिक कम्पनीले बिजुली चोरेको खुलासा

काठमाडौं । नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलले बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मीसहित हिजो खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले अनुगमन गर्दा प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग भएको फेला पारेको हो । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

सो कम्पनी र जग्गा पत्रकार कनकमणि दीक्षितले सिंगापुरमा बस्ने विदेशी नागरिकसँग ६ महिना अगाडि किनेका हुन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार त्यहाँ होटल सन्चालित थियो । सो होटलले ०६४ सालमा गाह्रस्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको फेला परेको छ ।

‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको देखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’, उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ, विजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं ।’

उनले आज विस्तृत मूल्यांकनपछि जरिवानासहितको महसुल निर्धारण हुने जानकारी दिए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस